जोशीले पुर्याउनुभएको योगदान नेपालीका लागि चीर स्मरणीय: अध्यक्ष दाहाल
फाइल फाेटाे।
काठमाडौँ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पुर्याउनुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने बताएका छन्।
अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ को आज बिहान एक सय तीन वर्षको उमेरमा दुःखद् निधन भएको खबरले सबै नेपालीलाई स्तब्ध बनाएको बताएका छन्। अध्यक्ष दाहालले जोशीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गए।
एक सय तीन वर्षको उमेरसम्म पनि जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहने उनको भनाइ थियो। सन्देशमा अध्यक्ष दाहालले भनेका छन्, “नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु।”






डिसी नेपाल





Facebook Comment