गठबन्धनले एक अर्कालाई स्विकारिसकेकाले भोट हाल्न संकोच हुँदैनः प्रचण्ड

डिसी नेपाल
३० असोज २०७९ १७:१३
52
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संविधानको रक्षा स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।

आइतबार वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं क्षेत्र नम्बर २ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा प्रचण्डले बिकास निर्माण र समृद्धि नै अवको मुख्य एजेण्डा हुने जिकिर गरे । उनले गठबन्धन दलमा रहेकाले एक अर्कालाई स्विकारिसकेका बताउँदै भोट हाल्न पनि संकोच नगर्न आग्रह गरे ।

त्यस्तै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले कुनैपनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धनलाई मिलाएर लानुपर्ने आवश्यकता रहेको बताए । देउवाले लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै गठबन्धनलाई मिलाएर अघि बढ्नुपर्ने बताए ।

उनले मिलेर चुनाव लड्ने संस्कृतिको विकास भएको र मिलेर देशको गरिबी हटाउने दावी गरे । प्रतिगमनको खतरा अझै रहेकाले लोकतन्त्र र प्रजातन्त्रलाई स्थायित्व दिन मिल्नुको बिकल्प नरहेको उनको भनाई छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर अघि बढेका कारण मुलुक सहि ढंगले अघि बढेको दावी गरे । गठबन्धन जनताको अधिकारको पक्षमा रहेको संविधानले अघि सारेका मान्यताहरुलाई व्यहारमा उतार्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फका उम्मेदवार ओनसरी घर्तीले आफु अव पाँच बर्ष काठमाडौंको जनताप्रति समर्पित हुने बताइन् । उनले दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने पनि बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.