समानुपातिक बन्द सूचीका ४३९ ले जरिवाना बुझाउनुपर्ने

डिसी नेपाल
३१ असोज २०७९ ६:४३
92
Shares

काठमाडौं। समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो। जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.