आफ्नो क्षेत्रको विकास गरेरै छोड्ने प्रतिबद्धतासहित डा. महताे चुनावी अभियानमा

डिसी नेपाल
१ कार्तिक २०७९ १४:४३
60
Shares

काठमाडाैं। चुनावकाे मिति नजिकिएसँगै उम्मेदवार चुनावी अभियानमा हाेमिएका छन्। जनता समाजवादी पार्टीका नेता तथा डा. वीरेन्द्र महतोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिरहा-४ बाट उम्मेदवारी दिएका छन्।

उनी यतिबेला चुनावी अभियानमा आफ्नाे निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्। ०६४ र ०७० मा संविधानसभा सदस्यको रुपमा संसद् छिरेर ०७२ को संविधान लेखन र सिरहा जिल्लाकाे विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै उनी यतिबेला चुनावी घर दाैलाे अभियानमा व्यस्त छन्। उनी जिल्लामा गरेकाे विकास र संविधान निर्माणमा खेलेकाे भूमिका कारण आफ्नाे जित सुनिश्चित भएकाे बताए।

पछिल्लो समय महतो परिवारले स्वर्गीय आमा फूलकुमारी महतोको नाममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको छ। सो क्षेत्रको बन्दिपुर र कर्जन्हामा आमाकै नाममा सुविधासम्पन्न विद्यालय र अस्पताल सञ्चालनमा छन्। यसपटकको निर्वाचनमा डा. महतो जसपा–एमाले गठबन्धनको साझा उम्मेदवार हुन्। सो क्षेत्रमा एमालेले महतोलाई सघाउने भएको छ।

महतोले अहिले चुनावलक्षित प्रचारप्रचार र भेटघाटलाई तिव्रता दिएका छन्। उनले आफू चुनाव जित्ने लक्ष्य राखेर मैदानमा उत्रिएको उल्लेख गर्दै चुनाव जित्नुमात्रै नभएर जनताको मत जित्न आफू चुनावी मैदानमा उत्रिएको बताउने गरेका छन्।

उनको मुख्य प्रतिष्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धर्मनाथ साहसँग हुनेछ। साहलाई कांग्रेस र माओवादीको साथ छ। यसअघि ०७४ मा सो क्षेत्रबाट राजकिशोर यादव निर्वाचित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.