काठमाडौंका दश निर्वाचन क्षेत्रमा दलका उम्मेदवारलाई स्वतन्त्रको चुनौती
काठमाडौं। मंसिर ४ हुने प्रतिनिधिसभ निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार यतिबेला चुनावी प्रचार प्रसारमा व्यस्त छन्।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा महत्वपूर्ण स्थानमा स्वतन्त्र उम्मेदवारले जित हाँसिल गरेपछि प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारले सबैभन्दा धेरै उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको छ।
प्रमुख दलका शीर्ष नेताले उम्मेदवारी दिएको ठाउँमा पनि स्वतन्त्र उम्मेदवारी परेको छ। यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति धेरैको चासो पनि छ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन साहले जित निकालेपछि स्वतन्त्र उम्मेदवारी दिने लहर नै चलेको छ।
सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी काठमाडौंमा परेको छ। यहाँका दश निर्वाचन क्षेत्रमा धेरै स्वतन्त्रले उम्मेदवारी दिएका छन्। द्यश निर्वाचन क्षेत्र रहेको काठमाडौं उपत्यकमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धा गर्दैछ। काठमाडौं क्षेत्र नम्बर एकमा यसअघि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको थियो।
यसअघि यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीन पटकसम्म चुनाव जितेका छन्। यो पटक पनि उनी चुनावी मैदानमा छन्। यो क्षेत्रबाट एमालेले किरण पौडेललाई उम्मेदवार बनाएको छ।
अघिल्लो निर्वाचनमा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो। यो पटक मिश्र राप्रपाबाट चुनावी मैदानमा छन्।
यो क्षेत्रमा स्वतन्त्रबाट पुकार बम, सुशासन पार्टीबाट रमेश खरेल, स्वतन्त्र अभियान संयोजक डम्बर साहु पनि चुनावी मैदानमा छन्।
क्षेत्र नम्बर- २ मा एमालेबाट मणिराम फुयाँल, सत्ता गठबन्धनबाट ओनसरी घर्ती, राप्रपाबाट कुन्तादेवी पोखरेल, स्वतन्त्रबाट कोषराज सुवेदी, रोहन कार्कीलगायत चुनावी मैदानमा छन्।
कठमाडौं- ३ मा सत्ता गठबन्धनबाट सन्तोष चालिसे, एमालेबाट कृष्णबहादुर राई, राप्रपाबाट गणेश गिरी चुनावी मैदानमा छन्। यो क्षेत्रमा स्वतन्त्रबाट हरिशरण लामिछाने, जगन्नाथ देवकोटालगायतले उम्मेदवारी दिएका छन्।
काठमाडौं- ४ मा सत्ता गठबन्धनबाट गगन थापा र एमालेबाट राजन भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ। यो क्षेत्रमा राप्रपाबाट डा. ठाकुरमोहन श्रेष्ठ, स्वतन्त्रबाट अर्जुन प्रसाईं, आकर्षण पोखरेल, राधा पोखरेल तथा शिवराज पोखरेल चुनावी मैदानमा छन्।
काठमाडौं -५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सत्ता गठबन्धनका साझा उम्मेदवार प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुँदैछ। यहाँ राप्रपाबाट रामप्रसाद उप्रेती, स्वतन्त्रबाट रञ्जु दर्शना, विजय कँडेल,गोपीलाल न्यौपाने, मधुसुदन पाठक मैदानमा छन्।
काठमाडौं- ६ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनालबीच प्रतिस्पर्धा हुँदैछ। यहाँ राप्रपाबाट विष्णुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्।
काठमाडौं- ७ मा सत्ता गठबन्धनका साझा उम्मेदवार मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएको छ। एमालेबाट यहाँ श्याम घिमिरे उम्मेदवार छन् भने राप्रपाबाट ध्रुवबिक्रम मल्ल, स्वतन्त्रबाट यादवलाल कायस्थ, रामबीर मानन्धर, रवीन्द्रकुमार श्रेष्ठलगायतका उम्मेदवार छन्।
काठमाडौं- ८ मा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका जीवराम श्रेष्ठ र एमालेका शिवसुन्दरराज वैद्यवीच प्रतिस्पर्धा हुँदैछ। यहाँ राप्रपाबाट प्रकाश रिमाल र स्वतन्त्रबाट सुमन सायमीले उम्मेदवारी दिएका छन्।
काठमाडौं -९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनका कल्पना धमलाबीच प्रतिस्पर्धा हुँदैछ। यहाँ राप्रपाबाट देवेन्द्र प्रधान,विवेकशील साझाबाट मिलन पाण्डे, स्वतन्त्रबाट विद्या श्रेष्ठ महर्जनले उम्मेदवारी दिएका छन्।
काठमाडौं -१० मा कांग्रेसका राजेन्द्रकुमार केसी र एमाले हिमेश केसीबीच प्रतिस्पर्धा हुँदैछ। यहाँ माओवादी केन्द्रबाट अञ्जना विशंखे उम्मेदवार छन्।







डिसी नेपाल







Facebook Comment