ओलीले भने-मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस्
काठमाडौं। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चलचित्र महापुरुष हेर्ने लागेको बताएका छन्।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य अभिनय रहेको चलचित्र ‘महापुरुष’ कात्तिक ११ गते अर्थात् तिहारको भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ।
पूर्वप्रधानमन्त्री ओलीले सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठको बाँचुञ्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस् भन्ने कामना पनि गरेका छन्। ‘मलाई पनि उहाँद्वारा पछिल्लो पटक अभिनित चलचित्र ‘महापुरुष’ हेर्ने इच्छा लागेको छ। चलचित्र महापुरुषको भव्य सफलताको कामना गर्दछु,’ ओलीले सामाजिक सञ्जालमा भनेका छन्।
हालै आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment