नेपाली नागरिक बनेर भारतमा बसेकी चिनियाँ महिला पक्राउ

डिसी नेपाल
५ कार्तिक २०७९ १०:४१
80
Shares

काठमाडौं । दिल्ली प्रहरीले नक्कली परिचयसहित देशमा बसेको र भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा एक चिनियाँ महिलालाई पक्राउ गरेको दाबी गरेको छ ।

समाचार एजेन्सी पीटीआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार उक्त महिलाको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी हुन् ।

प्रहरीका अनुसार भारतमा नेपाली नागरिक भएर बस्दै आएकी यी महिलालाई उत्तरी दिल्लीको मजनुका टिला क्षेत्रबाट पक्राउ गरिएको हो ।

परीक्षणका क्रममा महिलाको साथबाट डोल्मा लामा नाम लेखिएको नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ ।

तर, यसबारे विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयलाई सोध्दा ती महिला चीनकी नागरिक हुन् र सन् २०१९ मा भारत आएकी बताइएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार महिला विरुद्ध अक्टोबर १७ मा धारा १२०बी, ४१९, ४२०, ४६७ र आईपीसीको अन्य सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल यी महिलालाई १४ दिनको प्रहरी हिरासतमा पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *