बेलायतको प्रधानमन्त्री पदको दौडमा ऋषि सुनक अगाडि, के बोरिस जोन्सन पनि प्रवेश गर्छन् ?
काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएपछि फेरि पनि ऋषि सुनक प्रधानमन्त्री पदको दौडमा छन् । भारतीय मूलका सुनकलाई कन्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री पदका लागि मनोनयन गर्न १०० सांसदको समर्थन चाहिन्छ।
पूर्व चान्सलर सुनकलाई हाल ९३ सांसदको समर्थन छ । तर, उनको चुनावी अभियानसँग सम्बन्धित स्रोतले एक सय सांसदको समर्थन पाएको दाबी गरेको छ ।
पूर्वप्रधानमन्त्री बोरिस जोन्सन पनि प्रधानमन्त्री पदको दौडमा देखिन्छन् । उनलाई ४४ सांसदको समर्थन छ । बोरिस जोनसन बिदा मनाउन गएका थिए तर राजनीतिक परिस्थिति बदलिएपछि उनी अहिले लन्डन फर्किएका छन् ।
पेनी मोर्डन्ट आफूलाई दावेदार घोषणा गर्ने पहिलो नेता हुन् र उनले हालसम्म कुल २१ सांसदको समर्थन पाएकी छिन्।
जोनसनलाई समर्थन गर्ने व्यापार मन्त्री सर जेम्स डुड्रिजले बीबीसीलाई भने, “उनी (बोरिस) घर फर्कदै छन् र दौडमा प्रवेश गर्न तयार छन्।”
ऋषि सुनक र बोरिस जोन्सन दुवैले अहिलेसम्म औपचारिक रुपमा प्रचारप्रसार सुरु नगरेपनि समर्थकलाई पनि चुप लगाएका छैनन् ।
बोरिस जोनसन डोमिनिकन रिपब्लिकमा छुट्टी मनाउँदै थिए तर अब शनिबार बिहान लन्डन फर्कनेछन्।
स्काई न्यूजले जोनसन आफ्नी श्रीमती र बच्चाहरु संग विमानमा बसेको एक फोटो जारी गर्यो। विमानमा रहेका उनका रिपोर्टरले पूर्वप्रधानमन्त्रीले यात्रुबाट मिश्रित प्रतिक्रिया पाएको बताए, “केही उहाँको समर्थनमा थिए र कोही अलि अचम्मित देखिन्थे।”
ऋषि सुनकका समर्थकहरूले मनोनयनका लागि आवश्यक १०० सांसदको समर्थन पाएको बीबीसीलाई बताए।
सुनकले पूर्व कुलपति र स्वास्थ्य मन्त्री साजिद जाविद, सुरक्षा मन्त्री टम टुगेनधाट र पूर्व स्वास्थ्य मन्त्री म्याट ह्यान्ककलगायत वरिष्ठ सांसदहरूबाट समर्थन प्राप्त गरेका छन्।
साजिद जाविदले भने, “यो पक्कै पनि स्पष्ट छ कि हामीलाई अहिले के चाहिन्छ त्यो ऋषि सुनकमा छ। पार्टीको नेतृत्व र देशलाई अगाडि बढाउन उहाँ नै सही व्यक्ति हुनुहुन्छ ।”
सुनकका अर्का समर्थक टोबियास एलउडले आफू ऋषि सुनकलाई समर्थन गर्ने सयौं सांसद भएको बताए ।
“विश्वसनीय आन्तरिक र अन्तर्राष्ट्रिय नेतृत्व भएको सरकारका लागि यो संवेदनशील, केन्द्रवादी, स्थिर र आर्थिक रूपमा जिम्मेवार व्यक्ति हुनुपर्छ,” उनले भने।
बोरिस जोनसनका एक समर्थकले पूर्व प्रधानमन्त्रीको पनि समर्थन रहेको र जित्न सक्ने बताएका छन् ।







डिसी नेपाल







Facebook Comment