चीन र पाकिस्तानले तीन नयाँ परियोजना लागू गर्दै
काठमाडौं । करोडौं डलरको चीन-पाकिस्तान इकोनोमिक करिडोर (सीपीइसी) बाहेक पाकिस्तान र चीनले तीनवटा नयाँ परियोजना सुरु गर्ने निर्णय गरेका छन्। दुई देशले द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन कृषि, विज्ञान र प्रविधिका क्षेत्रमा मिलेर काम गर्नेछन्।
समाचार एजेन्सी पीटीआईले अन्तर्राष्ट्रिय अखबारलाई उद्धृत गर्दै भनेको छ कि बेइजिङका लागि पाकिस्तानका राजदूत मोइनुल हकले भनेका छन् कि यी तीन परियोजनाहरू चीन-पाकिस्तान ग्रीन कोरिडोर, चीन पाकिस्तान स्वास्थ्य कोरिडोर र चीन पाकिस्तान डिजिटल कोरिडोर हुन् ।
आईटी क्षेत्रलाई जोड दिँदै हकले भने, “हामी सफ्टवेयर विकासको क्षेत्रमा चीनका लागि महत्त्वपूर्ण साबित हुनेछौं। त्यसैले हामी आईटी क्षेत्रसँग सम्बन्धित तालिम केन्द्रहरू स्थापना गर्ने काममा छौं ।”
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफको अर्को महिना चीन भ्रमणका क्रममा यो परियोजना सुरु गर्न सकिने रिपोर्टमा उल्लेख छ । भ्रमणका विषयमा दुई देशबीच वार्ता भइरहेको छ ।
‘सीपीइसी’ सम्बन्धी सरकारको वेबसाइटका अनुसार हाल सीपीइसी अन्तर्गतका आयोजनाको संख्या २१ रहेको छ, जसमध्ये १० वटाको काम सकिएको छ । यसबाहेक ६ आयोजना निर्माणाधीन छन् भने अन्य विचाराधीन छन् ।
निर्माणाधीन वा विचाराधीन यी सबै आयोजनामध्ये विद्युत (जलविद्युत, सौर्य, थर्मल र वायु ऊर्जा) आयोजनाको संख्या बढी छ । यी आयोजनामा ७० प्रतिशत पुँजी विद्युतमा लगानी भइसकेको र अधुरा र विचाराधीन आयोजनामा थप विद्युत आयोजना छन् ।
‘सीपीईसी’ आयोजनाको कुल संख्याका सम्बन्धमा सरकारले विज्ञप्ति जारी गर्दै यी आयोजनामा ४९ अर्ब अमेरिकी डलर खर्च हुने उल्लेख गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment