माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?

डिसी नेपाल
७ कार्तिक २०७९ १२:३४
64
Shares

काठमाडौं। माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा १९.६५ प्रतिशत ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ।

गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा भने ५.८८ प्रतिशत ले बढेर १ अर्ब ५४ करोड रुपैयाँ भएको छ।

गत वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो। असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १५.८९ प्रतिशत ले बढेको छ भने सञ्चालन नाफामा २०.०१ प्रतिशतले ह्रास आएको छ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३१ पैसाले घटेर १७ रुपैयाँ ५९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९ पैसा रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९ पैसा रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.