गठबन्धन अपरिहार्य थियोः प्रधानमन्त्री देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन रहर नभई आवश्यकताको गठबन्धन भएको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले आफुलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको नभई संविधानको रक्षाका लागि आवश्यकताका आधारमा गठबन्धन बनेको बताएका हुन् । उनले भोलिका दिनमा पनि मुलुकमा गठबन्धनको अपरिहार्यता रहेको धारणा राखे । देशको स्थायी शान्ति, लोकतन्त्र रक्षाका लागि गठबन्धन अघि बढ्ने उनको भनाई छ । देउवाले गठबन्धनका सबै नेता तथा कार्यकर्ताहरुबीच आपसमा एकतालाई बढाई अघि बढ्नुपर्ने र गठबन्धनलाई जीत दिलाउनुपर्ने बताए ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पावरमा आइसकेपछि केपी ओलीले संविधान, गणतन्त्रलाइ उल्टाउने षडयन्त्र गरेको आरोप लगाए । उनले आफुहरुको गठबन्धन परिवर्तनका लागि भएको र अर्को गठबन्धन परिवर्तन विरोधीको भएकाले आगामी निर्वाचनले यसको छिनोफानो गर्ने तर्क गरे । प्रचण्डले गठबन्धनले अब देशलाई आर्थिक समृद्धिको नयाँ युगतिर लैजाने दाबी पनि गरे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने प्रवृतिले मुलुक अप्ठेरो अवस्थामा फसेका कारण गठबन्धन आवश्यक रहेको बताए । पवित्र उद्धेश्यका साथ बनेको गठबन्धन बनेको भन्दै उहाले मंसिर ४ को निर्वाचनमा जनताले मुलुकको हितमा नै निर्णय गर्ने दाबी गरे।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको गठबन्धन कसैको बिरुद्ध नभइ लोकतन्त्रलाई बलियो पार्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाउन गठबन्धन बनेको बताए। चरम उग्रराष्ट्रवादको नारा दिएर राष्ट्रिय समाजवादको फासीवादीको प्रवर्धन गर्ने शक्तिहरुको अर्को गठबन्धन अपवित्र गठबन्धन भएको उनको भनाई छ ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै अवस्था बदल्नका लागि सत्ता गठबन्धन निर्माण भएको बताए ।







डिसी नेपाल








Facebook Comment