अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु

डिसी नेपाल
८ कार्तिक २०७९ ९:१८
172
Shares

मिसौरी। संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्।

मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ। उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको पव््रहरी कमिश्नर माइक साकले बताए।

“यो हामी सबैको लागि हृदयविदारक दिन हो,“ सैकले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *