चिनियाँ कम्युनिष्ट पार्टीका मार्गदर्शक सिद्धान्त राज्यका सबै निकायमा लागु गराउन सी चिनफिङको निर्देशन

डिसी नेपाल
८ कार्तिक २०७९ १८:२०
24
Shares

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सिपिसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त राज्यका सबै निकायमा लागु गर्ने व्यवस्थाका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

सिपिसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको आज भएको बैठकमा उनले उक्त निर्देशन दिएका हुन् । बीसौँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचारप्रसार र कार्यान्वयन गर्ने व्यवस्था मिलाउने सन्दर्भमा उक्त बैठक आयोजना गरिएको हो । केन्द्रीय समितिका महासचिव सीको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय समितिको केन्द्रीकृत, एकीकृत नेतृत्वलाई सुदृढ र सुरक्षित गर्ने नियम र कार्य आचरणसम्बन्धी आठ बुँदे निर्णय कार्यान्वयन गर्नबारेमा विस्तृत रूपमा विचारविमर्श भएको थियो ।

सोमबार महासचिव सीले सिपिसीको २० औँ महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न जनमुक्ति सेनालाई निर्देशन दिएका थिए । उच्च सैनिक अधिकारीहरूको बैठकमा उनले जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त सहयोगी हुने बताएका थिए । राष्ट्रपति सी केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *