शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला? : भीम रावल
काठमाडौं। नेकपा (एमाले)का नेता डा भीम रावलले निर्वाचन आयोगप्रति लक्षित गर्दै प्रश्न उठाएका छन्। नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् व्यंग्य गर्दै आयोगलाई सोधेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’
ठूला दलका शीर्ष नेताहरुलाई लिएर नागरिक आक्रोश बढिरहेको अवस्थामा निर्वाचन आयोगले ‘नो नट अगेन’सहितका नारा प्रयोग गरिए कारवाहीको चेतावनी दिएको थियो।
कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 26, 2022
निर्वाचन आयोगले मंगलबार साँझ सूचना निकालेर शीर्ष नेताबारे सामाजिक सञ्जालमा ‘नो नट अगेन’ लेख्नेमाथि कारबाही चलाउने चेतावनी दिएको थियो। रावलले ‘शीर्ष नेतालाई भोट नगरौं’ भन्ने अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले नागरिकलाई दिएको चेतावनीप्रति आपत्ति प्रकट गरेका हुन्।
उनले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ठूला दलका ‘शीर्ष’ नेताहलाई निर्वाचनअघि नै विजयी घोषणा गरिदिन भन्दै प्रश्न पनि तेर्स्याएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment