इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

डिसी नेपाल
११ कार्तिक २०७९ ६:३०
64
Shares

तेहरान। इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ।

बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ।

आक्रमणमा संलग्न तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ। आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *