ओली ४ दिनसम्म झापाको कार्यक्रममा, १४ गते फर्कने

डिसी नेपाल
११ कार्तिक २०७९ ८:३५
24
Shares

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन्। आगमी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन्। जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

आजै अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसैगरीअध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नेछन्।

उता, १४ कात्तिक विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *