आफ्नी श्रीमतीलाई कारले किचेको आरोपमा चलचित्र निर्माता कमल पक्राउ

डिसी नेपाल
११ कार्तिक २०७९ १०:५५
3.5k
Shares

काठमाडौं । महाराष्ट्रको अम्बोली प्रहरीले चलचित्र निर्माता कमल किशोर मिश्रालाई श्रीमतीलाई गाडीले किचेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले बिहीबार कमल किशोर मिश्रालाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कमल किशोर मिश्राले आफ्नी श्रीमतीमाथि कार चढाएको देख्न सकिन्छ । मिश्राकी श्रीमतीले आक्रमणमा टाउकोमा चोट लागेको दाबी गरेकी छन् ।

यस मामिलामा उजुरी दर्ता गरेपछि कमल किशोर मिश्रा विरुद्ध आईपीसीको धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। तर, अहिलेसम्म यस विषयमा कमल किशोर मिश्राको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

मिश्राको आईएमडीबी पेजका अनुसार उनले हालसम्म शर्माजीकी लग गई, भूतियापा, फ्ल्याट नं. ४२०, रस्टिक डिस्को र खली-बली गरी ५ चलचित्र बनाएका छन्।

यससँगै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा रणवीर कपुर, सञ्जय दत्तदेखि लिएर धर्मेन्द्रलगायतका बलिउड सेलिब्रेटीसँगको आफ्नो तस्विर शेयर गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *