२०३५ देखि युरोपमा पेट्रोल र डिजेलमा चल्ने कारमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित

डिसी नेपाल
१२ कार्तिक २०७९ ७:५६
52
Shares

एजेन्सी। युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएका हुन्।

उक्त प्रस्तावसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनी पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन्।

नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *