आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

डिसी नेपाल
१२ कार्तिक २०७९ ८:३४
24
Shares

काठमाडौं। सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार । ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ।

कांग्रेसले यसअघि गत आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *