अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानलाई घरभित्र पसेर हथौडा हानेर टाउको फुटाइयो

डिसी नेपाल
१२ कार्तिक २०७९ १०:०४
184
Shares

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् पल पेलोसीलाई उनको सान फ्रान्सिस्कोको घरमा घुसेर आक्रमणकारीले हथौडाले ‘आक्रमण’ गरेको छ । यो आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको शल्यक्रिया गरिएको छ ।

यस आक्रमणमा ८२ वर्षीय पल पेलोसीको टाउको फुटेकोको थियो र दाहिने पाखुरा र हातमा गम्भीर चोट लागेको थियो । पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो।

४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि उनकी श्रीमती न्यान्सी पेलोसीलाई भेट्न माग गरेको बताइएको छ । हत्या प्रयासको आरोपमा अभियुक्त पक्राउ परेका छन् । तर, आक्रमणको कारण भने खुल्न सकेको छैन ।

आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा थिइन् । घटनाको जानकारी पाएलगत्तै उनी त्यहाँबाट अस्पताल पुगिन् ।

प्रवक्ता ह्यामिलका अनुसार आक्रमणपछि पल पेलोसीको जुकरबर्ग सान फ्रान्सिस्को जनरल अस्पतालमा शल्यक्रिया गरिएको छ र चिकित्सकहरूले पूर्ण निको हुने आशा व्यक्त गरेका छन्।

सान फ्रान्सिस्कोका प्रहरी प्रमुख विलियम स्कटले शुक्रबार बिहान २:२७ मा गरिएको फोन कलमा अधिकारीहरूलाई घटनाबारे जानकारी गराइएको बताए।

प्रहरीका अनुसार डेभिड डेपेपले पल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए । उनलाई कम्तीमा पनि एकपटक आक्रमण गरिएको थियो। अभियुक्त घरको पछाडिको ढोकाबाट पसेका थिए ।

विलियम स्कटले भने कि आरोपीलाई घातक हतियार, चोरी र अन्य धेरै अपराधहरूको साथ आक्रमणको आरोप लगाइएको छ। अहिले आरोपी डेपेप पनि अस्पतालमा भर्ना छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *