भारतको विदेशी मुद्रा सञ्चितिमा कीर्तिमानी गिरावट
काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति फेरि घटेको छ । अक्टोबर २१ मा समाप्त भएको सातामा यो ३ अर्ब ८४ करोड डलरले घटेर ५२४.५२ अर्ब डलर पुगेको छ ।
यो जुलाई २०२० यताकै न्यून स्तर हो। जसका कारण अघिल्लो साता कुल विदेशी विनिमय सञ्चिति ४ अर्ब ५० करोड डलरले घटेर ५ खर्ब २८ अर्ब ३७ करोड डलरमा झरेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण विदेशी मुद्रा सम्पत्तिमा आएको गिरावट हो। यस अवधिमा सुनको भण्डारमा पनि कमी आएको छ ।
अक्टोबर २०२१ मा देशको विदेशी मुद्रा सञ्चिति ६४५ अर्ब डलर पुगेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment