हथौडाले हानेर अमेरिकी सभामुखका श्रीमानको टाउको फुटाइदिएपछि राष्ट्रपतिले के भने ?

डिसी नेपाल
१२ कार्तिक २०७९ १२:०४
648
Shares

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको घरमा प्रवेश गरेपछि आक्रमणकारीले उनका श्रीमान्माथि हथौडा प्रहार गरेका छन् । यो घटनालाई लिएर अमेरिकाको राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत धेरै नेताहरूले घटनाको निन्दा गरेका छन्।

बाोडेनले शुक्रबार फिलाडेल्फियामा आफ्नो भाषणको क्रममा न्यान्सी पेलोसीका श्रीमानमाथि भएको आक्रमणलाई उल्लेख गरे। उनले केही रिपोर्टलाई उद्धृत गर्दै आक्रमणकारी न्यान्सी पेलोसीमाथि आक्रमण गर्ने नियतले उनको घरमा प्रवेश गरेको र न्यान्सी कहाँ छिन् भनेर कराउँदै आएको बताए ।

बाइडेनले भने, “अब अति भयो । राजनीतिमा हिंसाको विरुद्धमा सबै एकजुट हुन आवश्यक छ, चाहे जुनसुकै विचारधाराको होस् ।” बाइडेनले आक्रमणकारी न्यान्सी पेलोसीमाथि आक्रमण गर्ने उद्देश्यले आएको बताए । आक्रमणकारी न्यान्सी कहाँ छ भनेर चिच्याउदै घर भित्र पसेका थिए ।

उनले भने, ‘मैले अतिशयोक्ति भनेको होइन, धेरै सञ्चारमाध्यममा भनिएको छ । यो घृणित छ। अमेरिकामा यसको कुनै ठाउँ छैन।’ बाइडेनले भने, ‘अहिले धेरै हिंसा भइरहेको छ, राजनीतिक हिंसा भइरहेको छ । धेरै घृणा। अब त अति भयो। राजनीतिक हिंसाको विरुद्धमा सबै एकजुट हुनुपर्छ ।’

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि न्यान्सी पेलोसीका श्रीमान्माथि भएको आक्रमणको निन्दा गरेकी छिन् । गत शुक्रबार अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीमाथि हमला भएको थियो । आक्रमणकारीले न्यान्सीको घरमा प्रवेश गरी श्रीमानमाथि हथौडा प्रहार गरेका थिए ।

यस हमलामा न्यान्सी पेलोसीका पति गम्भीर घाइते भएका छन् । आक्रमणकारी पक्राउ परेका छन् । न्यान्सीका श्रीमान् ८२ वर्षीय पाउल पेलोसी अहिले अस्पतालमा भर्ना छन् जहाँ उनको उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *