नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा बेलायत संलग्नः रुस

डिसी नेपाल
१३ कार्तिक २०७९ १०:११
68
Shares

मस्को। रुसी सेनाले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटमा बेलायत ‘संलग्न’ भएको आरोप लगाएको छ। ब्रिटिश सैन्य विशेषज्ञहरूले युक्रेनलाई मस्कोको ब्ल्याक सी फ्लीटमा ड्रोन आक्रमणको योजना बनाउन मद्दत गरेको पनि रुसी सेनाले आरोप लगाएको छ।

रुसले कुनै प्रमाण दिएको छैन। तर, क्रेमलिनले बेलायतलाई मस्कोको सबैभन्दा शत्रुपूर्ण देशहरू मध्ये एक मान्छ। रुसी सेनाले युक्रेनमा हमला गरेपछि अमेरिकासँगै बेलायतले पनि किभलाई सहयोग प्रदान गर्दै आएको छ।

‘ब्रिटिश नौसेनाको यस इकाईका प्रतिनिधिहरूले सेप्टेम्बर २६ मा बाल्टिक सागरमा आतंकवादी हमलाको योजना, प्रावधान र कार्यान्वयनमा भाग लिएका थिए, जसका कारण नर्ड स्ट्रिम १ र नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन विस्फोट भएको थियो’ रुसी रक्षा मन्त्रालयले भनेको छ।

यसैबीच, बेलायतले रुसी दावीहरूलाई खारेज गरेको छ। बेलायतको रक्षा मन्त्रालयले भनेको छ की क्रेमलिनका बनावटी कथनले पश्चिमको बारेमाभन्दा रूसी सरकारभित्र चलिरहेको बहसको बारेमा बढी बताइरहेको छ। रुसले विष्फोटको अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन पश्चिमा राष्ट्रहरूले अनुमति नदिएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *