इरानमा प्रदर्शन रोक्न सबैभन्दा खतरनाक रिभोलुसनरी गार्ड अगाडि आयो, प्रदर्शनकारीलाई चेतावनी
काठमाडौं । इरानी सेनाको शक्तिशाली संगठन रिभोलुसनरी गार्ड्सले देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका मानिसहरूलाई तत्काल बन्द गर्न चेतावनी दिएको छ।
इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामले प्रदर्शनकारीहरूसँग सीधा कुरा गर्दै भने, “तिम्रो चलाखीहरू बन्द गर। आज तिम्रो आन्दोलनको अन्तिम दिन हो। अब सडकमा ननिस्कनु।”
हालैका दिनहरूमा कुर्दिश इरानी महिला महसा अमिनीको मृत्युपछि प्रदर्शनकारीहरू सडकमा उत्रिए। महसालाई हिजाब नलगाएको भन्दै हिरासतमा लिइएको बताइएको छ ।
इरानको कुर्दिस्तान प्रान्तको सकिज सहरकी कुर्दी इरानी महिला मेहसा अमिनीको तेहरानस्थित अस्पतालमा मृत्यु भएको हो । उनी तीन दिनदेखि कोमामा थिइन् ।
यो घटनापछि ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएर प्रदर्शनमा सहभागी भए । कतिपय ठाउँमा हिंसा पनि भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment