पुटिनले अचानक युक्रेन विरुद्ध अर्को निर्णय लिए

डिसी नेपाल
१३ कार्तिक २०७९ ११:४७
168
Shares

काठमाडौं । युक्रेनले आफ्नो ब्ल्याक सी बन्दरगाहबाट अन्य देशहरूमा बिना कुनै अवरोध अन्न निर्यात गर्न सक्ने केही साताअघि भएको सम्झौतालाई रुसले निलम्बन गरेको घोषणा गरेको छ।

रुसको पछिल्लो घोषणा क्राइमियाको बन्दरगाह सहर सेभास्टोपोलमा रहेको ब्ल्याक सीमा आफ्नो फ्लीटमा कथित ड्रोन आक्रमणपछि आएको हो।

यी जहाजहरू अन्न निर्यात सम्झौतासँग सम्बन्धित रहेको दाबी गरिएको छ । उनले यो पनि भनेका छन् कि पछिल्लो आक्रमणबाट उनको एउटा जहाजमा केही क्षति पुगेको छ।

यस आक्रमणको लागि युक्रेनलाई दोष दिँदै रुसले शनिबार बिहान ४ः२० मा नौ हवाई र सात समुद्री ड्रोनबाट यी हमला गरिएको दाबी गरेको छ ।

“रसियाले ‘ब्ल्याक सी इनिसिएटिभ’ मा भाग लिने सिभिल कार्गो जहाजहरूको सुरक्षाको ग्यारेन्टी दिन सक्दैन र यसको कार्यान्वयन आजदेखि अनिश्चितकालका लागि स्थगित गर्दछ,” मस्कोमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तर, युक्रेनले आक्रमणको आरोप स्वीकार गर्न अस्वीकार गरेको छ । यसको सट्टा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको कदमलाई “पूर्वानुमान्य” भने।

युक्रेन बाहेक रुसले पनि यस हमलामा बेलायती सैनिकको संलग्नता रहेको आरोप लगाएको छ । तर, उनले यो आरोपको कुनै प्रमाण भने दिएका छैनन् । रुसले पनि गत महिना बेलायतले ग्याँस पाइपलाइन विस्फोट गरेको आरोप लगाएको थियो ।

तर बेलायतको रक्षा मन्त्रालयले त्यसो गरेर रुसले “झूटा आरोपको स्तरलाई अगाडि बढाएको” भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *