आतंकवाद रोक्न देशका प्रमुखहरू बैठक बसिरहेका बेला कार बम विष्फोट, ३० को मृत्यु
काठमाडौं । सोमालियाको राजधानी मोगादिसुका प्रमुख सरकारी कार्यालयहरू बाहिर दुईवटा कार बम विस्फोट हुँदा ठूलो संख्यामा मानिसको मृत्यु भएको छ । यस आक्रमणमा हालसम्म ३० जनाको मृत्यु भएको बताइएको छ ।
देशका राष्ट्रपति, प्रधानमन्त्री र सरकारका अन्य उच्च अधिकारीहरू आतंकवादविरुद्ध कडा कदम चाल्नका लागि बैठक बसिरहेका बेला उक्त हमला भएको हो।
अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले यस हमलाको जिम्मेवारी लिएको छैन। राष्ट्रपति हसन शेख महमूदले आतंकवादी संगठन अल-शबाबलाई दोष दिँदै यो हमला कायरतापूर्ण कार्य भनेका छन्।
मदिना अस्पतालमा कार्यरत स्वयंसेवक हसन उस्मानले ३० जनाको शव अस्पतालमा ल्याइएको बताए। सोही क्रममा ३५ जना घाइतेलाई अस्पताल लगिएको छ । पाँच वर्षअघि सोही ठाउँमा बम विष्फोट भएको थियो, जसमा ५ सयभन्दा बढीको ज्यान गएको थियो ।







डिसी नेपाल







Facebook Comment