ब्राजिलमा राष्ट्रपतिमा विजयी भएपछि सिल्भाले गरे शान्ति र एकताको आह्वान

डिसी नेपाल
१४ कार्तिक २०७९ ७:५६
48
Shares

रियो दि जेनेरियो। ब्राजिलमा राष्ट्रपतिमा निर्वाचत लुइज इनासियो लुला दा सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा “शान्ति र एकता“को लागि आह्वान गरेका छन्। देश अब अन्तर्राष्ट्रिय रुपमा बहिस्कृत नरहेको बताउँदै जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे।

स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैन,“ ७७ वर्षीय वामपन्थीले अति दक्षिणपन्थी जैर बोल्सोनारोलाई पराजित गरेपछि विजयी भाषणमा भने। आफूलाई मतदान गर्ने मात्र नभई २१५ ब्राजिलियनहरुलाई सेवा गर्ने उनले प्रतिबद्धता जनाए।

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए। तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन पछिल्लो मत परिणामले देखाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *