गुजरातमा पुल भत्किदा मृत्यु हुनेको संख्या १३० पुगे

डिसी नेपाल
१४ कार्तिक २०७९ ९:०२
128
Shares

अहमदाबाद। गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ। १७७ जनाको उद्दार भएको छ। आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो।

ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ। अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो।

पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका छन् भने फसेका केही मानिसको उद्दार गरिएको छ। मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन्।  १७७ जनालाई उद्धार गरिएकोमा १९ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो। यो अक्टोबर २६ मा पुनः खोलिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *