कोरियाको गुम्बामा सीताको सोडष नृत्य (तस्वीरहरु सहित)
दक्षिण कोरिया। दक्षिण कोरियाको राजधानी सिओलको एउटा गुम्बामा नेपालकी चर्चित शास्त्रीय नृत्यंगना सीता सुवेदीले सोडष लाश्ये नृत्य प्रस्तुत गरेकी छिन्।
कोरियन भिक्षुणीले संगीतमय मेडिटेशन हिलिंगसमेत गरेको अक्टोबर ३० तारिकको सो कार्यक्रममा परम्परागत चर्या र कत्थक नृत्यमा समेत पारङ्गग सीताले बौद्ध परम्परामा आधारित सो नृत्य प्रस्तुत गरेकी थिइन्। नेपाल बौद्ध परिवार कोरियाले सो कार्यक्रमको आयोजना गरेको थियो।

एउटामात्र खुट्टाको सहाराले तर निर्वाध र सम्पूर्णभावसहित जोडदार नृत्य गर्न सक्षम ठानिएकी सीताले कोरियाको गुम्बामा प्रस्तुत गरेको नृत्यपछि उनलाई दोसल्ला ओडाएर सम्मान पनि गरिएको थियो। नेपाल बौद्ध परिवार कोरियाले उनलाई सम्मान गरेको हो।

‘यो मेरो हृदयले चाहेको कार्यक्रम थियो, गुम्बको शान्त वातावरणमा परम्परागत नृत्य गर्न पाउँदा आफूले पनि शान्ति महसुस गरेकी छु’ कार्यक्रमपछि डिसी नेपालसँग कुरा गर्दै सीताले भनिन्।

सीतको सहभागितासहितको कार्यक्रमको चाँजोपाँजो भिक्षु पेमा कुन्साङले संयोजनमा भएको थियो।



No ads found for this position

डिसी नेपाल
Facebook Comment