पुटिनलाई राष्ट्रपति पदबाट हटाउने तयारी !

डिसी नेपाल
१४ कार्तिक २०७९ १०:५४
9.0k
Shares

काठमाडौं । युक्रेनका चीफ अफ डिफेन्स इन्टेलिजेन्सका मेजर जनरल किर्लो बुडानोभले यस युद्धको अन्त्य हुँदासम्म पुटिन राष्ट्रपति नरहने दाबी गरेका छन् । बुडानोभले एक रिपोर्टलाई उद्धृत गर्दै रुसी अधिकारीहरूले भ्लादिमिर पुटिनलाई सत्ताबाट हटाउने विषयमा सक्रिय छलफल गरिरहेको दावी गरेका छन्।

जनरल बुडानोभको भनाइ यस्तो बेला आएको हो जब युक्रेनले रुसमाथि जवाफी हमला गर्दै रुसले कब्जा गरेको युक्रेनी भूभाग खेरसन बन्दरगाहलाई पुनः कब्जा गर्न खोजिरहेको छ । उनले भने कि हामीलाई पुटिन अब सत्तामा रहनेछन् भन्ने लाग्दैन, किनकि रुसमा अर्को राष्ट्रपति को हुने भन्ने कुराको चर्चा छ ।

क्रिमियाको रक्षा गुप्तचर प्रमुख मेजर जनरल किर्लो बुडानोभले भने कि युक्रेनले नोभेम्बरको अन्त्यसम्म खेर्सनलाई पुन: कब्जा गर्ने लक्ष्य राखेको छ। साथै, क्रिमियालाई पनि रुसबाट फिर्ता लिनुपर्छ भन्ने हाम्रो प्रयास रहनेछ। उल्लेखनीय कुरा के छ भने क्रिमिया पहिले पनि युक्रेनको हिस्सा थियो तर सन् २०१४ मा रुसले क्रिमियालाई गाभेको थियो ।

विगत नौ महिनादेखि चलिरहेको यो युद्धमा पहिलो पटक सेप्टेम्बरको शुरुमा रुसले युक्रेनी सेनाको हातबाट ठूलो हार बेहोरेको थियो । यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख रिजर्भ सेनाको आंशिक तैनाथीको घोषणा गर्नुपरेको थियो । पुटिनले आफ्नो सुरक्षाका लागि रुस कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् ।

हालै रसियाले युक्रेनको पावर प्लान्टहरू मिसाइल र ड्रोन हमलाले ध्वस्त पारेको छ। प्रतिवेदनका अनुसार रुसले युक्रेनको ४० प्रतिशतभन्दा बढी विद्युत् उत्पादन क्षमता समाप्त गरिसकेको छ, जसका कारण देशभर अन्धकार भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी हवाई आक्रमणका कारण देशका करिब ४० लाख मानिस अन्धकारमा बस्न बाध्य भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *