मस्कले ट्विटर प्रमाणीकरणको लागि प्रतिमहिना २० डलर शुल्क लिने

डिसी नेपाल
१४ कार्तिक २०७९ १२:०२
112
Shares

न्युयोर्क। एलोन मस्कले ट्विटर ब्लु ब्याज सदस्यताको लागि प्रतिमहिना २० डलर शुल्क लिने योजना बनाएका र त्यसमा प्रयोगकर्ताहरूको प्रमाणीकरण पनि समावेश रहेको जनाइएको छ। भर्जका अनुसार मस्कले आइतवार कर्मचारीहरूलाई नोभेम्बर ८सम्ममा यो सुविधा रोल आउट गर्न आवश्यक रहेको अन्यथा उनीहरूलाई बर्खास्त गरिने चेतावनी दिए।

हालको योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ताहरूले सदस्यता लिन वा आफ्नो निलो चेकमार्क गुमाउन ९० दिन पाउनेछन्।  आइतबार मस्कले प्रमाणिकरण प्रक्रियाबारे ट्वीट गर्दै भने, ‘सम्पूर्ण प्रमाणिकरण प्रक्रिया अहिले परिमार्जन भइरहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *