पुल दुर्घटनामा सांसदका ११ जना आफन्तको मृत्यु
काठमाडौं । गुजरातको मोरबीमा भएको पुल दुर्घटनामा राजकोटका सांसद मोहन कुन्दरियाका ११ जना आफन्तको मृत्यु भएको छ । बीबीसीसँग कुरा गर्दै मोहन कुण्डरियाले भने, ‘मेरो बहिनी ज्वाइँका दाजुका चार छोरी, तीन ज्वाइँ र पाँच सन्तान छन् । ११ जनाको शव फेला परेको छ । एकजना बेपत्ता छन्।”
यस दुर्घटनामा हालसम्म १४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । एनडीआरएफदेखि अन्य सबै संस्थाहरू उद्धार कार्यमा लागेका छन्। यस विषयमा छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।
यससँगै पुल व्यवस्थापन टोलीविरुद्ध आईपीसीको धारा ३०४, ३०८ र ११४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। एनडीआरएफका डीआईजी (अपरेशन) मोहसिन शाहिदीले उद्धार कार्यसँग सम्बन्धित पछिल्लो जानकारी दिएका छन्।
उनले भने, “अहिलेसम्म १३२ शव निकालिएको छ। दुई जना बेपत्ता छन्। एनडीआरएफको ५ टोली खटाइएको छ। बेपत्ता भएका दुई जना फेला परेपछि खोजी अभियान स्थगित गरिने छ। भोलि त्यहाँ जनता र प्रशासनले १७० भन्दा बढी मानिसहरूलाई बचाइयो।”







डिसी नेपाल







Facebook Comment