धनले श्रीमती घमण्डी नबनुन् भनेर श्रीमानले आफुले ४ अर्ब रुपैयाँ पाएको कुरा बताएनन्

डिसी नेपाल
१४ कार्तिक २०७९ १३:५१
36.8k
Shares

काठमाडौं । एक व्यक्ति रातारात अर्बपति बने । उनको खातामा ४ अर्ब रुपैयाँ रकम आयो । तर, यति ठूलो रकम पाएपछि पनि उनले यो कुरा परिवारका सदस्यलाई भनेनन् । ती व्यक्तिले यो कुरा आफ्नी श्रीमती र छोराछोरीबाट समेत लुकाए । अर्बौं रुपैयाँको मालिक बनेका यी व्यक्तिले आफैंले यसका पछाडि रोचक कारण दिएका छन् ।

वास्तवमा, व्यक्तिलाई लाग्यो कि जब उनको परिवारका सदस्यहरूलाई थाहा हुन्छ कि उनले ४ अर्ब रुपैयाँको चिठ्ठा जिते, तब उनीहरू अहंकारी र अल्छी हुन सक्छन्। त्यही भएर उनले आफ्नी श्रीमती र छोराछोरीलाई अर्बपति बनेको कुरा पनि बताएनन् ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार दक्षिणी चीनको गुआङ्शी झुआङ प्रान्तमा बस्ने यी व्यक्तिले चिठ्ठामा २२ करोड युआन अर्थात् करिब ४ अर्ब रुपैयाँ जितेका छन् । उनले ४० वटा लट्री टिकट किनेका थिए जसमध्ये ७ वटा टिकटले पुरस्कार जितेका थिए । विजेतालाई प्रति टिकट ५.४८ मिलियन युआन भुक्तानी गरिएको थियो।

अक्टोबर २४ मा उक्त व्यक्तिले गुआङ्सी वेलफेयर लट्री वितरण केन्द्रबाट आफ्नो पुरस्कार रकम सङ्कलन गरेको बताइएको छ । पुरस्कारको रकम पाएपछि उनले ५० लाख युआन च्यारिटीमा दान गरेका थिए ।

पुरस्कारको रकम प्राप्त गर्दा ती व्यक्तिले कार्टुनको पोशाक लगाएका थिए, जसले गर्दा परिवारका सदस्य वा चिनजानका व्यक्तिले उनलाई चिन्न नसकुन्। पुरस्कार जितेपछि ती व्यक्ति निकै खुसी भए । उनले भने- म आफ्नो उत्साहलाई नियन्त्रण गर्न खोज्दै थिएँ। मैले यो कुरा मेरो परिवार वा साथीहरूलाई भनिन। श्रीमती र बच्चाहरूलाई पनि भनिन, किनकि मलाई चिन्ता छ कि उनीहरूले थाहा पाएपछि उनीहरूले अरू मानिसहरू भन्दा उच्च महसुस गर्न सक्छन् र भविष्यमा कडा परिश्रम वा अध्ययन गर्दैनन्।

यति ठूलो रकम लिएर के गर्ने र यो पैसा कसरी खर्च गर्ने भनेर सोध्दा ती व्यक्तिले भने– मैले अहिलेसम्म निर्णय गरेको छैन । पैसा कहाँ र कसरी प्रयोग गर्ने भन्ने योजना बनाउन केही समय लाग्नेछ। हाल ५० लाख युआन दान दिएर ४३ मिलियन युआन कर काटेर उक्त व्यक्तिले १७ करोड १० लाख युआन घर लगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *