गुजरातमा भएको मानविय क्षतिप्रति रूसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

डिसी नेपाल
१४ कार्तिक २०७९ १५:१८
88
Shares

एजेन्सी । आइतबार गुजरातमा पुल भाँच्चिएर धेरैको अमूल्य जीवनमा भएको क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिभिर पुटिन लगायत विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन् । साथै उनीहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना समेत व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति दुःख व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् । उनले सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *