अमेरिकाको मेरिल्याण्डमा मनाइयो छठपर्व
मेरिल्याण्ड । सात समुद्र पारी अमेरिकाको लोक आस्थाको पर्व छठ मनाइएको छ । यो लोक पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन नेपाल शिक्षा तथा सास्कृतिक केन्द्रद्वारा मेरील्यान्डस्थित पशुपति९बुद्ध मन्दिर परिसर जर्मनटाउनमा यस पर्वको छठ आयोजना गरेका थिए।
शुक्रबार बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजा आजा गरेर मनाइयो। शनिबार बेलुका खर्ना, आइतबार “सँझिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो।
कार्यक्रममा नेपालीहरुको निकै नै बाक्लो उपस्थिती थियो । कार्यक्रममा बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, बरिष्ठ कलाकार प्रेम राजा महत लगायतको पनि उपस्थिती थियो।




No ads found for this position

डिसी नेपाल
Facebook Comment