तेलको मामिलामा साउदी र युएइको साझेदारी, अमेरिकाले भन्यो – खतरनाक खेल
काठमाडौं । साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले ओपेक र यसका सहयोगीहरूले तेल उत्पादन कटौती गर्ने निर्णयको बचाउ गरेका छन्।
तर, अमेरिकाले यसमा कडा आपत्ति जनाएको थियो र यसले विश्वसामु आर्थिक अनिश्चितताको वातावरण सिर्जना गर्न सक्ने बताएको थियो ।
पछिल्ला केही महिनादेखि तेल उत्पादनलाई लिएर खाडी राष्ट्र र अमेरिकाबीच मतभेद बढेको छ ।
साउदी अरबका उर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले आफ्नो संक्षिप्त भाषणमा तेल उत्पादन कटौती गर्ने निर्णयको बचाउ गरे तर संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन इजिप्ट र युएईमा हुने बताए ।
‘हामी आफैं व्यवस्थित गर्छौँ, कसैलाई थोपर्दैनौँ,’ उनले भने । युएईका ऊर्जा मन्त्री सुहेल अल मजुरीले पनि हालको अवस्थालाई ध्यानमा राखेर तेल उत्पादनमा कटौती गरिएको बताए ।
“यदि तेल उत्पादन बढाउन आवश्यक छ भने, ओपेक र यसका सहयोगीहरू एक फोन कल मात्र टाढा छन्,” उनले भने।







डिसी नेपाल







Facebook Comment