माओवादी अध्यक्ष प्रचण्ड र नवनियुक्त अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ। नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो। भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिकाको प्रशंषा गरेका थिए।
‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ। तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ भेटमा प्रचण्डले भने। आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै भेटमा प्रचण्डले यसमा अमेरिकाको सहयोग आवश्यक रहेको जनाएका छन्।
राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए। नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न अमेरिकाको सहयोग निरन्तर रहने विश्वास राजदूतले दिलाएका थिए। राजदूतले ७५ वर्षदेखिको नेपाल–अमेरिका सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरेका थिए ।







डिसी नेपाल








Facebook Comment