उत्तर कोरियाले १० वटा मिसाइल हानेको जवाफमा दक्षिण कोरियाले पनि मिसाइल हान्यो

डिसी नेपाल
१६ कार्तिक २०७९ १३:०३
80
Shares

काठमाडौं । उत्तर कोरियाको आक्रमणको जवाफमा बुधबार दिउँसो दक्षिण कोरियाले हावाबाट सतहमा मार हान्न सक्ने तीनवटा मिसाइल प्रहार गरेको छ ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको तीन घण्टापछि प्रहार गरिएको क्षेप्यास्त्र उत्तरी सीमा रेखाबाट केही टाढा खसेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।

यो रेखाले अस्पष्ट रूपमा दुई देशहरू बीच समुद्र विभाजित गर्दछ। तर, उत्तर कोरियाले यो सीमा रेखालाई स्वीकार गर्दैन।

यसअघि उत्तर कोरियाले एकपछि अर्को दश मिसाइल प्रहार गरेको थियो जसमध्ये एउटा मिसाइल दक्षिण कोरियाको सामुद्रिक सीमा रेखाबाट केही टाढा खसेको थियो ।

दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ ।

दक्षिण कोरियाका शीर्ष अधिकारी केङ शिन-चुलले उत्तर कोरियाबाट प्रहार गरिएको क्षेप्यास्त्र “अत्यन्तै अनौठो र अस्वीकार्य” भएको बताएका छन् किनभने यो दक्षिण कोरियाको सीमा नजिकै खसेको थियो।

यी मिसाइलहरू प्रहार गर्नुअघि उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबीच चलिरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *