रुससँग पाकिस्तान किन रिसायो ?

डिसी नेपाल
१६ कार्तिक २०७९ १७:०६
36
Shares

काठमाडौं । पछिल्लो नौ महिनादेखि चलिरहेको युक्रेन र रुसबीचको युद्धमा अहिले पाकिस्तानको तथाकथित प्रवेश पनि भएको छ । रुसी संघ परिषद्को रक्षा समितिका सदस्य र सांसद इगर मोरोजोभले मंगलबार पाकिस्तानले युक्रेनसँग आणविक बमको विकासको बारेमा छलफल गरेको आरोप लगाएका छन्।

रुसको सरकारी समाचार एजेन्सी आरआई नोवोस्तीका अनुसार मोरोजोभले युक्रेनी विज्ञले पाकिस्तान भ्रमण गरी आणविक हतियार निर्माण गर्ने प्रतिनिधिमण्डललाई भेटेको दाबी गरेका छन् । यस आरोपमा पाकिस्तानको विदेश मन्त्रालयले रुससँग जवाफ मागेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता असिम इफ्तिखारले एक विज्ञप्ति जारी गर्दै यस्तो निराधार बयानबाट स्तब्ध भएको बताएका छन् । उनले यस्तो बयान पाकिस्तान र रुसबीचको सम्बन्धको भावनाको विरुद्धमा रहेको बताए । असिम इफ्तिखारले भने कि हामीले रुसी विदेश मन्त्रालयसँग स्पष्टीकरण मागेका छौं।

रुसी सिनेटर इगोर मोरोजोभले यो कथन “युक्रेनमा आणविक उत्तेजना: कसलाई चाहिन्छ?” को विशेष परियोजना “युक्रेनी डोजियर” बारे कुरा गर्दै एक पत्रकार सम्मेलनमा भनेका हुन् । उनले युक्रेनले डर्टी बम बनाउने रहस्य कसैबाट नलुकेको बताए । मोरोजोभले भने कि युक्रेनको पैसाको अभाव आधारभूत समस्या हो। जसका कारण युक्रेनले उक्साहटमा डर्टी बम प्रयोग गर्न सक्ने खतरा वास्तविक हुन्छ ।

रुसी फेडरेशन काउन्सिलको रक्षा समितिका सदस्य तथा सांसद इगर मोरोजोभले तोचका–यू कम शक्तिको आणविक बम हो, जुन जहाँ पनि बनाउन सकिने आरोप लगाएका छन् । उनले भने कि अमेरिकी राष्ट्रपतिले कांग्रेस (अमेरिकी संसद) को अनुमति बिना पनि यो बम प्रयोग गर्न अनुमति दिएका छन्।

इगोर मोरोजोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आणविक हतियार विकास गर्न बेलायत र अमेरिकासँग छलफल गर्ने आशा व्यक्त गरेका छन्। यद्यपि, मोरोजोभले यी आरोपहरूको समर्थनमा कुनै पनि प्रकारको कुनै प्रमाण पेश गर्न सकेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *