पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षाबारे सी जिनपिङले शाहबाज सरिफलाई के भने?
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार दुई महिनायता दोस्रो पटक पाकिस्तानमा सीपीइसी परियोजनामा काम गरिरहेका चिनियाँ नागरिकको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।
बेइजिङमा शाहबाज सरिफसँगको भेटमा जिनपिङले सो कुरा बताएका हुन् । पाकिस्तानको प्रधानमन्त्री बनेपछि शाहबाज सरिफ पहिलो पटक दुई दिने भ्रमणमा चीन पुगेका छन् ।
यस भेटपछि जारी संयुक्त विज्ञप्तिअनुसार सी जिनपिङले भनेका छन्, ‘पाकिस्तानमा रहेका चिनियाँ नागरिकको सुरक्षाप्रति म निकै चिन्तित छु। मलाई आशा छ कि पाकिस्तान सरकारले यहाँ चिनियाँ संस्था र कर्मचारीहरूलाई सुरक्षित वातावरण प्रदान गर्नेछ।’
विगत दुई महिनामा चिनियाँ राष्ट्रपतिले पाकिस्तानको अगाडि बलुच नेसनलिस्ट आर्मीलगायत चरमपन्थी समूहले चिनियाँ नागरिकमाथि गरेको आक्रमणको मुद्दा उठाएको यो दोस्रो पटक हो। यी समूहहरूले पाकिस्तानको यस समस्याग्रस्त क्षेत्रमा सीपीइसी अन्तर्गत चिनियाँ लगानीको विरोध गर्छन्।
भारतले आफ्नो दाबी गर्दै आएको पाकिस्तान प्रशासित कश्मीर हुँदै आयोजना निर्माण हुँदै आएकोले चिनियाँ लगानीको विरोध गर्दै आएको छ ।
गत महिना समरकन्दमा भएको एससीओ शिखर सम्मेलनमा सरिफ र सी जिनपिङबीच भेटवार्ता भएको थियो। उक्त भेटमा जिनपिङले पाकिस्तानसँग आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए ।
केही रिपोर्टका अनुसार चिनियाँ नागरिकमाथि लगातार हुने हमलालाई ध्यानमा राख्दै चीनले आफ्ना सुरक्षा एजेन्सीहरूलाई पाकिस्तान पठाउन चाहन्छ र त्यसका लागि पाकिस्तानलाई दबाब दिइरहेको छ।
तर, पाकिस्तानले यसबाट बच्न खोजिरहेको छ । किनभने यदि पाकिस्तानले चीनको यो माग स्वीकार गर्छ भने चिनियाँ सशस्त्र सेनाका सैनिक पाकिस्तानी भूमिमा अवतरण गर्न सक्छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment