मस्कोले बेलायतका राजदूतलाई बोलाएर सोध्यो स्पष्टीकरण

डिसी नेपाल
१८ कार्तिक २०७९ १७:३५
180
Shares

एजेन्सी । ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनीहरूले गरेको हमलामा बेलायतकोसमेत संलग्नता रहेको भन्दै त्यससम्बन्धमा विरोध जनाउन मस्कोले बेलायतका राजदूतलाई बोलाएर स्पष्टीकरण लिएको छ ।

रूसी विदेशमन्त्रालयले बेलायतका राजदूत डेबोरा ब्रोनर्टलाई बिहीबार मन्त्रालयमा बोलाएर ब्ल्याक सीमा आफ्ना जहाजमाथि गरिएको युक्रनी आक्रमणका निम्ति बेलायतका फौज विशेषज्ञ परिचालन भएका तथा बेलाइतबाट अन्य सहायतासमेत प्रदान गरिएको सम्बन्धमा स्पष्टीकरण लिएको हो ।

बेलायतले द्वन्द्व बढाउने गतिविधि बढाएकामा मस्कोले आपत्ति जनाउँदै त्यसले अप्रत्याशित जोखिम र परिणाम निम्त्याउने चेतावनी दिएको छ । द्वन्द्वमा प्रत्यक्ष प्रभाव पार्ने आक्रमक कार्य जारी रहेमा त्यसले दुई देशबीचको सम्बन्धमा पनि तनाव सृजना गर्ने बताउँदै विदेश मन्त्रालयले त्यसको जिम्मेवारी बेलायतको पक्षमा पर्ने विरोधपत्रमा उल्लेख गरेको छ ।

बढ्दो वैमनस्यपूर्ण एवम् उत्तेजक गतिविधिप्रति असहमति जनाउँदै क्रेमलिनले त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको विदेश मन्त्रालयले ट्वीट गरेको छ । युक्रेनको नौ सेनाका साथै युक्रेनी सैन्यबलका गोताखोरलाई बेलायतले तालिम दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *