स्वतन्त्र भारतका प्रथम मतदाता श्याम शरण नेगीको निधन

डिसी नेपाल
१९ कार्तिक २०७९ १०:२४
96
Shares

काठमाडौं । स्वतन्त्र भारतका पहिलो मतदाता श्याम शरण नेगीको आज बिहान निधन भएको छ । हिमाचल प्रदेशको किन्नौरमा बस्ने नेगी १०५ वर्षका थिए। उनले नोभेम्बर २ मा हिमाचल विधानसभा चुनावमा पनि मतदान गरेका थिए।

उनको मृत्युमा शोक व्यक्त गर्दै हिमाचल प्रदेशका मुख्यमन्त्री जय राम ठाकुरले ट्वीट गरे, “स्वतन्त्र भारतका प्रथम मतदाता र किन्नौरका श्याम शरण नेगी जीको निधनको खबर सुनेर दुखी छु। आफ्नो कर्तव्य निर्वाह गर्दै उनले नोभेम्बर २ मा ३४ औँ पटक विधानसभा चुनावमा हुलाक भोट हालेका थिए, यो सम्झना सधै भावुक रहनेछ ।”

स्वतन्त्र भारतको पहिलो मतदाताको रूपमा परिचित, नेगीलाई भारतीय लोकतन्त्रको जीवित किंवदंती पनि भनिन्छ। स्वतन्त्र भारतको पहिलो चुनावमा उनले किन्नौरमा २५ अक्टोबर १९५१ मा मतदान गरेका थिए।

बीबीसीसँगको कुराकानीमा उनले एकपटक भनेका थिए, ‘अक्टोबर १९५१ मा मैले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको थिएँ, त्यसपछि मैले एउटा पनि चुनाव गुमाइनँ। मलाई मेरो भोटको महत्व थाहा छ । अहिले मेरो शरीरले पनि साथ दिएको छैन, तर आत्मबलले भोट हाल्न लागेको छु ।’

पेशाले शिक्षक श्याम शरण नेगीको जन्म सन् १९१७ जुलाई १ मा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *