उत्तर कोरियाका १८० फाइटर जेट हावामा, दक्षिण कोरियाले पनि लडाकु विमान पठायो
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमामा पछिल्लो ४ घण्टामा १८० वटा लडाकु विमान हावामा देखेको दाबी गरेको छ ।
दक्षिण कोरियाको सेनाले स्थितिसँग जुध्न आफ्ना लडाकु विमानहरू तैनाथ गर्न थालेको जनाएको छ।
समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार सेनाले एक विज्ञप्तिमा उत्तर कोरियाली विमान सीमाको २० किलोमिटर भित्र गइरहेको बताएको छ।
जवाफमा, ८० दक्षिण कोरियाली विमानहरू तैनाथ गरिएको थियो। सेनाले आफ्ना करिब २४० विमानले अमेरिकासँगको युद्ध अभ्यासमा भाग लिएको जनाएको छ ।
गत महिना पनि दक्षिण कोरियाले सीमा नजिकै उत्तर कोरियाका दशवटा विमान उडेको देखेपछि आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment