जनपक्षिय कामका लागि मेरो उम्मेदवारीः बेलवासे(अन्तर्वार्ता)

डिसी नेपाल
१९ कार्तिक २०७९ १८:०९
176
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता एवम् दाङ जिल्ला निर्वाचन क्षेत्र नं. २ (क)प्रदेशसभा सदस्य पद्का उम्मेद्वार गोपाल बहादुर बेलवासे सँग निर्वाचनका सन्दर्भमा गरेको कुराकानीको यहाँ प्रस्तुत गरिएको छ ।
तपाईको उम्मेदवारी किन ?

राष्ट्रियताको रक्षा, धर्म संस्कृतिको जगेर्ना, भ्रष्टाचारको अन्त्य, संघीयता खारेज, संवैधानीक राजसंस्था पुर्नस्थापितको लागि र व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार, शान्ति सुरक्षा तथा यस क्षेत्रको समग्र विकास र जनताको स्तर उन्नतिको लागि मेरो उम्मेद्वारी रहेको छ ।

मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

अहिलेको निर्वाचनमा मतदात उत्साहीत भएको मैले पाएको छु । दाङ क्षेत्र नं.. २ क का आम मतदाताहरूले परिवर्तनको पक्षधर र हिन्दू धर्मको संरक्षणमा आवाज उठाउने पार्टीको उम्मेदवारीलाई मतदान गर्छौ भन्ने आवाज उठाइरहनु भएको छ यसबाट म उत्साहीत भएको छु । जनपक्षिय कामको लागि मेरो उम्मेदवारी रहेको छ । आफ्नो निर्वाचन क्षेत्रमा भएका राम्रो नराम्रो कामको सम्पूर्ण जिम्मेवारी म स्वयम आफूले लिने छु । दुई क क्षेत्रको विकास र जनताको सुखदुखमा लामो समयदेखि आफुले सक्दो सहयोग र साथ दिंदै आएको छु । यस क्षेत्रका सम्पूर्ण आदरणीय जनताहरुलाई यो कुरा सर्वविदितै छ । त्यसैले यहाँका मतदाताहरूले हलो चिन्हमा मतदान गरी मलाई विजयी गराउनेमा विश्वस्त छु ।
तपाईको जित सुनिश्चित छ त ?

मैले यस क्षेत्रका जनताको सुखदुखमा साथ दिंदै आएको छु । यस क्षेत्रको समग्र विकासको लागि नयाँ ऐजेण्डाका साथ क्रियाशील छु । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, यातायात, सडक, सिंचाई, खानेपानी पानीको लागि सधैं समर्पित छु । जनताको सुखदुखमा साथ दिंदै आएको छु म अहिलेसम्म राजनीतिक कुनै पदमा नरहँदा पनि जनताको सेवाको लागि काम गर्दै आएको छु । तसर्थ सम्पूर्ण यस क्षेत्रका मतदाताहरुले मलाई मतदान गरी विजय गराउनु हुने छ । म यसमा ढुक्क छु । तसर्थ मेरो जित सुनिश्चित छ । म अत्याधिक मत प्राप्त गरेर विजयी हासिल गर्ने छु ।

तपाईका चुनावी एजेण्डा के रहेका छन् ?

मैले यस क्षेत्रलाई नेपालकै नमुना क्षेत्र बनाउने छु । यस क्षेत्रभित्र रहेका धार्मिक पर्यटकीय स्थल, जडिबुटी प्रशोधन केन्द्र, जलाधरको लागि खोलामा हाईड्याम बाँध्ने छु । यस भित्र रहेका सानातिना खोलानाला, मूलका मुहानहरुलाई संरक्षण गरी प्रशस्त मात्रामा सिंचाई र स्वच्छ पिउने पानीको मुहानको रुपमा परिणत गर्ने छु । वृहत खानेपानी योजना, वृहत सिचाई, यस क्षेत्रमा एउटा सुबिधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने छु । दाङ जिल्ला कै विकट वंगलाचुली गाउँपालिकामा फलफुलको पकेट क्षेत्र बनाउने छु । यस प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने मेरो प्रतिबद्धता छ । त्यसैगरी मैले राज्यबाट पाउने सेवा सुविधा आफुले नलिई असाहयहरुको संरक्षणको लागि लगाउने छु । मलाई विश्वास छ मेरा एजेण्डाहरु पूरा गर्नको लागि यस क्षेत्रका मतदाताहरुले मलाई आफ्नो अमूल्य मत दिई विजय गराउनु हुने छ । जनताको मतलाई सम्मान गर्नका लागि म चुनावमा उम्मेद्वार बनेको हुँ ।

 अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

अहिलेको राजनीतिक अवस्थालाई मैले हेर्दा देश अझै अस्थिर बन्ने सम्भावना छ । राज्य सञ्चालकहरू नै पदभ्रष्ट भएका छन् । देशको आर्थिक अवस्था खस्कदो अवस्थामा छ । जनआन्दोलन दुई पछि मानिसमा आशा पलाएको थियो । समयमै संविधान र शान्ति प्रक्रियाले मुर्तरुप पाउँछ र जनतालाई गास बास कपासको ग्यारेन्टी हुन्छ भन्ने थियो । तर त्यो हुन सकेन यसको जिम्मेवार मुख्य राजनीतिक दल नै हुन । निश्चित उद्देश्यका लागि दलहरु एक ठाउँमा भएर दोस्रो जनआन्दोलन गरे । तर दुर्भाग्यवस राष्ट्र र राष्ट्रियताको लागि दलहरु एकै ठाउँ भएर समग्र राष्ट्रको विकास गर्नुपर्नेमा स्वार्थ पुरा हुनासाथ विभिन्न ध्रुवमा देखा परे । यही नै नोपलीको दुर्भाग्य हो ।

अन्त्यमा मतदातालाई केही भन्नु छ ?

हिन्दू धर्म, संवैधानीक राजसंस्था पुर्नस्थापना, भ्रष्टाचारको अन्त्यको लागि मैले उम्मेद्वारी दिएको छु । राष्ट्र र राष्ट्रियताको रक्षाको लागि मेरो उम्मेद्वारी हो । तसर्थ यस क्षेत्रका जुनसुकै आस्था र विचारको व्यक्ति भएपनि समुन्नत राष्ट्र र प्रजातन्त्रका लागि युगिन मतदानको घडीमा विवेकशील हुदै हलो चिन्हमा मतदान गरी मलाई विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँहरूको अमूल्य मतदानबाट म विजयी हुने कुरामा ढुक्क छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.