बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी

डिसी नेपाल
२० कार्तिक २०७९ ८:२४

लन्डन। बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ। लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ।

कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन्।

मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन्। उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ।

प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ।

विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तिकरणमा जोड दिने बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *