बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु

डिसी नेपाल
२० कार्तिक २०७९ १७:४७
32
Shares

धनगढी । बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो। यस्तै आजै बाजुराको सदुमरकाम मार्तडीको एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ स्थित वीर बहादुर थापाको घरमा आगलागी भएको हो ।

बिजुलीको तार सट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए। उनका अनुसार स्थानीय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले आगो नियन्त्रणमा लिइएको थियो ।

आगोले तीन तले घर पुरै जलेर नष्ट भएको छ। तर, यहाँ मानविय क्षति नभएको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.