विवाह भोजमा कारले ठक्कर दिँदा ४ जनाको मृत्यु
म्याड्रिड। स्पेनमा एक विवाह भोजमा कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्। अधिकारीहरूले तीन संदिग्धलाई हिरासतमा लिएका छन् र चौथो व्यक्तिको खोजी गरिरहेका छन् ।
म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माईल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो।
झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो। ‘घटनास्थलमा पुग्दा चार जना मृत अवस्थामा भेट्टायौं’, म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले भने।
घाइते भएका चार जनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment