८ बर्षीय बालकले कोब्रालाई टोके पछि…
छत्तिसगढ। भारतका एक आठ वर्षीय बालकले आफ्नो हातमा बेरेको कोब्रालाई टोकेर मारेका छन्। छत्तीसगढ क्षेत्रको दुर्गम पाण्डरपाड गाउँमा दिपक नामले चिनिने बालकलाई सर्पले आक्रमण गरेको थियो। आफ्नो घर बाहिर खेलिरहेको बेला कोब्राले टोकेको थियो। पीडासँग लड्दै बालकले कोब्राको चपेटबाट मुक्त हुन धेरै प्रयास गरे तर मुक्त हुन सकेन ।
मुक्त हुन नसकेपछि अन्ततः आत्तिएका बालकले सर्पलाई टोकिदिए। ‘सर्पले मेरो हातमा बेरेर मलाई टोक्यो। मलाई ठूलो पीडा थियो,’ दीपकले न्यु इन्डियन एक्सप्रेसलाई भने, ‘हल्लाउन खोज्दा सर्प नहल्लिएपछि मैले यसलाई दुई पटक गहिरो ढंगले टोकेँ।’
सर्पदंश भारतमा धेरै सामान्य छ। गत साता प्रकाशित एक अध्ययनले सन् २०१९ मा उक्त राज्यमा ८५ प्रतिशतभन्दा बढी सर्पदंशका घटना बढेको देखाएको छ। टोकाइपछि दीपकको ज्यान जाने डरले उनका अभिभावकले उनलाई नजिकैको मेडिकल सेन्टरमा पु¥याएका थिए जहाँ उनलाई निगरानीमा राखिएको थियो। कोब्राले टोके पनि विष लगाइदिन भ्याइनसकेको परीक्षणका क्रममा चिकित्सकले फेला पारेका थिए।
’दीपकमा कुनै लक्षण देखा परेन र विषालु सर्पले प्रहार गर्दा सुक्खा टोकाइका कारण चाँडै निको भयो,’ सर्प विज्ञको भनाई उदृत गर्दै न्यु इन्डियन एक्सप्रेसलाई लेखेको छ।







डिसी नेपाल







Facebook Comment