जहाँ आफूलाई गोली हानिएको थियो त्यही ठाउँबाट इमरान खानले ‘हकीकी आजादी मार्च’ सुरु गर्ने
काठमाडौं । पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीको लङ मार्च अब बुधबार दिउँसोबाट सुरु हुनेछ। पीटीआई नेता चौधरी फवाद हुसैनले ट्वीट गर्दै यो जानकारी दिएका छन्।
पार्टी प्रमुख इमरान खानले लङ मार्चको नेतृत्व गर्न पार्टी उपाध्यक्ष शाह महमूद कुरैशीको नाम घोषणा गरेका छन् । शाह महमूद कुरैशी इमरान खानको सरकारमा विदेशमन्त्री पनि थिए।
वजिराबादमा इमरान खानमाथि हमला भएको ठाउँबाट लङ मार्च पुनः सुरु गरिने छ । शाह महमूद कुरैशीले आक्रमणमा मारिएका पीटीआई कार्यकर्ताको परिवारसँग ऐक्यबद्धता व्यक्त गर्ने बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment