बैंक खातामा १० करोड रूपैयाँ आयो तर कसले जम्मा गरिदियो भन्ने थाहै छैन
काठमाडौं । पाकिस्तानमा एउटा अचम्मको घटना बाहिर आएको छ । कराँचीको एक प्रहरी चौकीमा तैनाथ एक प्रहरी अधिकारी रातारात करोडपति बनेका छन् । कसैले उनको बैंक खातामा १० करोड रूपैयाँ ट्रान्सफर गर्यो। अचम्मको कुरा, बैंकले नै फोन गरेर प्रहरी अधिकृतलाई यसबारे जानकारी गरायो । खातामा ठूलो रकम जम्मा भएको खबर सुनेर उनी छक्क परे । तर बैंकले उनको खाता रोक्का र एटीएम कार्ड रोक्का गरेको छ ।
जानकारीका अनुसार आमिर गोपाङ कराँचीको एक प्रहरी चौकीमा कार्यरत प्रहरी अधिकृत हुन् । गोपाङले बैंकबाट फोन गरेर उनको खातामा करोडौं रुपैयाँ ट्रान्सफर भएको जानकारी दिएको बताए । उनले भने ‘यो सुनेर म छक्क परें । मैले यति धेरै पैसा कहिल्यै देखेको छैन। मेरो खातामा केही हजार रुपैयाँभन्दा बढी कहिल्यै थिएन।’
प्रहरी अधिकारीले आफूलाई बैंकले नै फोन गरेर आफ्नो खातामा १० करोड रकम जम्मा भएको बताएको बताए । तर, त्यसअघि नै उसले खाताबाट पैसा झिक्न नपाउने भन्दै बैंकले उनको खाता रोक्का गरी एटीएम कार्ड ब्लक गरेको थियो । उनको खातामा यति पैसा कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।
यसअघि पनि बैंक खातामा यस्तो ठूलो रकम जम्मा भएको खबर आएको थियो । पाकिस्तानको लारकानामा नै तीन पुलिसकर्मीले प्रत्येकको खातामा पाँच करोड रुपैयाँ जम्मा भएको थाहा पाए। जहाँ सुक्कुरमा पनि एक प्रहरी अधिकारीको खातामा ५ करोड रुपैयाँ जम्मा भएको घटना बाहिर आएको छ ।







डिसी नेपाल







Facebook Comment